images
images

दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल


  • 303
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

    काठमाडाै‌ं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

    राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबिच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिएका छन् ।

    उनले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो औंल्याएका छन् । उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताएका छन् ।

    अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैङ्गिक समानता, पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा निजी क्षेत्रले विशेष योगदान पुर्याइरहेको बताए ।

    ढकालले विश्वव्यापी चुनौतीको सामना गर्न सार्वजनिक–निजी सहयोग र अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिएका छन् । उनले व्यावसाय मैत्री नीतिका लागि पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने बताए ।


    images
    images

    Logo