काठमाडौं । इजरायलले गाजामा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले नाकाबन्दीमा खाद्यान्न, बिजुली र इन्धन आपूर्ति बन्द गरेको जनाएको हो ।
शनिबारबाट सुरु भएको इजरायल र हमास विद्रोह समूहबीचको युद्ध जारी छ । जसमा दुवैतर्फगरी अहिलेसम्म १५ सय भन्दा बढीको मृत्यु भइसेको छ । इजरायलमा पढ्न गएका १० जना नेपाली विद्यार्थीको पनि हमासको आक्रमणमा परेर मृत्यु भएको छ ।
पुरानो विवादबीच यसपटक हमासको अप्रत्यासित आक्रमणपछि इजरायलले युद्ध घोषणा गरेको थियो। युद्ध लम्बिने संकेत गर्दै इजरायलले हमास नियन्त्रित गाजामा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ। इजरायली रक्षा मन्त्री गालान्टले नाकाबन्दीका क्रममा गाजामा पानी, खाद्यान्न, इन्धन र बिजुली आपूर्ति रोकिने बताका हुन् । जहाँ करिब २३ लाख मानिस बसोबास गर्छन्।
गाजाको हवाई क्षेत्र र पानीका साथै दुईवटा सीमा क्षेत्र इजरायलको नियन्त्रणमा छ। ‘हामी गाजालाई पर्ण रुपमा घेराबन्दी गर्दैछौं। बिजुली, खाद्यान्न पानी सबै बन्द,’ गालान्टले भने। उनले थपे कि ‘त्यहाँ अझै पनि यस क्षेत्रमा आतंकवादी हुन सक्छ।’
हमासले गाजा क्षेत्रमा बन्धक बनाएका इजरायलीहरूको स्पष्ट तथ्यांक छैन । तर उनीहरूले महिला, बालबालिका, वृद्धवृद्धा र सैनिकलाई समेत बन्धक बनाइएको अनुमान गरिएको छ ।
इजरायली ट्याङ्क र ड्रोनहरूले थप घुसपैठ रोक्न बारमा खुल्ला सुरक्षा छन् । २४ सीमावर्ती समुदायहरू मध्ये १५ खाली गरिएको छ, बाँकीलाई आगामी २४ घण्टामा खाली गर्ने अपेक्षा गरिएको छ।



