काठमाडौं । सरकारले इजरायलमा कुने पनि प्रकरको भ्रमणमा नगर्न आग्रह गरेको हो । मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तराष्ट्रिय सम्वन्धभ र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अहिले त्यहाँ युद्धको अवस्था रहेकाले भ्रमण भए रोक्न र भ्रमण नगर्न आग्रह गरेका हुन् ।
उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए । मन्त्री साउदका अनुसार इजरायलमा ४ हजार ५ सय जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् ।
यसैगरी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको मन्त्री साउदले जानकारी गराए ।
शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उनले बताए । नेपाल फर्किन इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था समेत गरिएको छ ।



