images
images

लगातार बढ्दै सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 614
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    लगातार बढ्दै सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य लगातार बढ्दै गइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार देखि सुनको मूल्य लगातार बढेको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको महांघले जनाएको छ । 


    images
    images

    Logo