images
images

युद्धका कारण इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिए


  • 260
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    युद्धका कारण इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिए

    काठमाडौं । स्याहार केन्द्रमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिएका छन् । श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको छनोट भएर उडान तालिका रहेका २४ कामदारहरु रोकिएको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको छ ।

     २४ गते १ बजे तय भएकोमा उडान कार्यतालिका रहेकोमा उनीहरुलाई तत्काल रोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ, ‘२४ जना सहायक कामदारको उडान तालिका तय भएकोमा हाल इजरायल र प्यालेस्टाइनबीच जारी युद्धको अवस्थामा इजरायलमा लर्न अफ अर्न कार्यक्रमअन्तर्गत कृषि क्षेत्रमा काम गर्न गएका १० जना नेपाली नागरिकलगायत धेरै संख्यामा इजरायली र अन्य नागरिकहरूकोसमेत जीवन क्षति भएको कारण इजरायलको हालको संकटपूर्ण अवस्थामा उडान तालिकाबमोजिम उडान प्रतीक्षामा रहेका तपशीलबमोजिमका २४ जना नेपाली कामदारहरूलाई इजरायलको यात्रा नगर्न एवं इजरायलको शान्ति सुव्यवस्था सामान्य भएपश्चात् वैदेशिक रोजगारसम्बन्धी थप कारबाही अगाडि बढाउने भनी यस मन्त्रालयको निर्णय जानकारीको लागि अनुरोध छ।’ 

    तर इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ । जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्‍यान समेत गएको छ।

    सूचना २०८०-०६-२२.jpeg


    images
    images

    Logo