images
images

टिभी भित्र ५१० ग्राम सुन लुकाएर ल्याएको आरोपमा विमानस्थलबाट एक जना पक्राउ


  • 346
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    टिभी भित्र ५१० ग्राम सुन लुकाएर ल्याएको आरोपमा विमानस्थलबाट एक जना पक्राउ

    काठमाडौं । टेलिभिजनभित्र सुन लुकाएर ल्याउने एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत काठमाडौं आएका सिन्धुलीका नवराज धामी ५१० ग्राम अवैध सुनसहित पक्राउ परेका हुन् ।

    सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् । अवैध सुन टिभीभित्र लुकाएर ल्याएका धामीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

    शंका लागेपछि भन्सार कर्मचारीले सोधीखोजी गर्दा धामीले काँचो सुन टिभीभित्र राखेर ल्याएको खुलेको हो ।

     


    images
    images

    Logo