images
images

इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा


  • 489
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा

    काठमाडौं । इजरायलआक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । 

    सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,  ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

    उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ । स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने सरकारले निर्णय गरेको छ । त्यस्तै सरकारले मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।


     


    images
    images

    Logo