images
images

धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने


  • 394
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैं-तिहारको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला भएको छ। दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ  निःशुल्क रूपमा खोलिएको महानगरपालिकाले जनाएको छ। 

    आइतबार (असोज २१ गते)देखि पार्किङ खुला गरिएको हो। ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ ।

    यस्तै, धरहराको उत्तर- पूर्व ढोकाबाट पार्किङ स्थल जान सकिने छ। पार्किङ खुलाको सुरुवात भएकोले तत्कालका लागि निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ ।

     

     


    images
    images

    Logo