काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । सोमबार कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् ।
बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै गणतन्त्रवादी युवा दर्ताले प्रसाईंलाई कालोमोसो दलेका हुन् । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।