images
images

विजया दशमीको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)


  • 527
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    विजया दशमीको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)

    काठमाडौं । यस बर्ष विजया दशमीको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेका छ । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णायक समितिले यसबर्षको विजया दशमीको उत्तम साइत यही कात्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा जुरेको जनाएको हो । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो ।

    त्यस्तै फूलपातीको साइत कात्तिक ४ गते बिहान ८ः२४ बजे रहेको छ भने टीकाको साइत कात्तिक ७ गते बिहान ११ः२ मा रहेको छ । त्यसअघि देवी विसर्जनको साइत १०ः३७ बजे रहेको समितिले जनाएको छ।

    देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजया दशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिएको छ ।

    विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टिकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ । 

    समितिका अनुसार, भारतमा १०ः५५ बजे, अमेरिकाको न्युर्योकमा २३ अक्टोवरको बिहान १०ः४७ बजे उत्तम साइत रहेको छ । त्यस्तै क्यानाडामा २३ अक्टोवर ११ः१७ बजे तथा अस्ट्रेलियाको सिडनिमा २४ अक्टोवरको बिहान ११ः१५ बजे उत्तम साइत रहेको छ । 

    त्यसैगरी, अस्ट्रेलियाकै मेलवर्नमा २४ अक्टोवरको बिहान ११ः३५ बजे उत्तम साइत रहेको भने न्युजिलेण्डमा २४ अक्टोवरको बिहान ११ः२१ बजे उत्तम साइत रहेको छ । पोर्चुगलमा २४ अक्टोवरको बिहान ११ः२३ बजे उत्तम साइत रहेको समितिद्धारा जारी सूचनामा उल्लेख छ । 

    Untitled bbbbb.jpg

     

     

     

     


    images
    images

    Logo