images
images

इजरायलबाट नेपाली नागरिकको शव ल्याउन विमान तयारी अवस्थामा राखिने


  • 334
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    इजरायलबाट नेपाली नागरिकको शव ल्याउन विमान तयारी अवस्थामा राखिने

    काठमाडौं । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।

    इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ ।
     
    नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ ।

    परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा हाल ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २ सय ६५ जना विद्यार्थी छन्।

    विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।

    सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ।


    images
    images

    Logo