काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार ३ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।