images
images

१४ हजारको लोभले भ्रष्टाचार मुद्दामा फसिन् शंकरपुरकी प्रधानाध्यापक


  • 324
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    १४ हजारको लोभले भ्रष्टाचार मुद्दामा फसिन् शंकरपुरकी प्रधानाध्यापक

    काठमाडौं । बर्दिया राजापुर नगरपालिका –७ स्थित सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई भ्रष्टाचारको मुद्दा लागेको छ । हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएको हो । 

    उनीविरुद्ध हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि घुस मागेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा छानबिन हुँदा प्रधानाध्यापक उपाध्यायले जागिरमा बहाल गराउनका लागि सेवाग्राहीसँग १४ हजार ५०० रुपैयाँ घुस रकम लिएको पुष्टि हुन आएको अख्तिायरले जनाएको छ । 

    उपाध्यायलाई सोही रकम बराबरको विगोमागसहित कैद सजाय माग गरिएको आरोप–पत्रमा उल्लेख छ । अख्तियारको टोलीले  उनलाई घुस रकमसहित गत भदौ २६ गते नियन्त्रणमा लिएको थियो ।


    images
    images

    Logo