images
images

आईओईले बढायो इन्जिनियरिङ शुल्क, अब पढ्न ४ लाख ९० हजार लाग्ने 


  • 384
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    आईओईले बढायो इन्जिनियरिङ शुल्क, अब पढ्न ४ लाख ९० हजार लाग्ने 

    काठमाडौं । त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तह अन्तर्गत सवै कोर्षको शुल्क बढाएको छ । योसँगै पूर्ण शुल्क पढ्न ४ लाख ९० हजार रुपैयाँ लाग्ने भएको छ । यसअघि ३ लाख १८ हजार रुपैयाँ शुल्क तिरेर पढ्दै आएका थिए। 

    लामो विवादपछि इन्जिनियरिङ अध्ययनको शुल्क विवाद टुंगिएको छ । नयाँ सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क पुर्ण शुल्कीयतर्फ धरोटीसहित १ लाख ९० हजार र नि:शूल्क तर्फ १० हजार रुपैयाँ बढाएको हो ।

    यस अनुसार शैक्षिक वर्ष २०८०/८१ को स्नातक तहको नियमित तर्फ ५६ हजार ७००, पूर्ण शुल्कीय तर्फको (धरौटी सहित) ४ लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको संस्थानले जनाएको छ ।

    शुल्क विवादकै कारण प्रवेश परीक्षा हुन सकेको थिएन। साथै प्रवेश परीक्षाका लागि २२ असोजदेखि २४ गतेसम्म फराम भर्नुपर्नेछ भने १४ कात्तिकमा प्रवेश परीक्षा हुनेछ ।

    यसअघि प्रवेश परीक्षा आवेदन फारम भर्न छुटेकाले असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइनबाट प्रवेश परीक्षा फारम भर्न सक्नेछन्।

    इन्जिनियरिङ अध्ययन संस्थानले ५४ सालदेखि पूर्ण शुल्कीयतर्फ ३ लाख १८ हजारमा पढाउँदै आएको थियो । तर संस्थान सञ्चालन नै हुन नसक्ने अवस्था आएको भन्दै ७ लाख ७५ हजार रुपैयाँ बनाएपछि शुल्क विवाद सुरु भएको थियो ।

    विद्यार्थीहरुको निरन्तर आन्दोलनपछि सुरुमा त्रिवि र सत्तारुढ विद्यार्थी संगठन, त्यसपछि त्रिवि, संस्थान र अरु विद्यार्थी संगठनबीच सहमति भएपछि आन्दोलन रोकियो । त्यो बेला शुल्क पुनरावलोकन गर्ने सहमति भएको थियो ।

    सिफारिस समितिले ५ लाख ५४ हजार नयाँ शुल्क तोक्न सकिने सिफारिस ग¥यो । तर विद्यार्थी संगठनहरु यसमा सहमत नभएपछि डीन कार्यालयले नयाँ शुल्कबारे निर्णय गर्न सकेन ।

    विद्यार्थीहरुको पुरानै शुल्कमा भर्ना गर्नुपर्ने र क्याम्पसहरुले पुरानो शुल्कमा भर्ना लिन नसक्ने भन्दै अडान लिएपछि विवाद लम्बिएको थियो ।

    तर शुक्रबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समेतको उपस्थितिमा संस्थान, प्राध्यापक संघ संगठन र विद्यार्थी संगठनहरुहरुबीच भएको छलफलमा नयाँ सहमति जुट्यो ।

    शुक्रबार भएको छलफलमा इन्जिनियरिङ अध्ययन संस्थानको डीन कार्यालयले यो शैक्षिक सत्रमा न्यूनतम ४ लाख ९९ हजार तोक्ने र प्रत्येक वर्ष शुल्कतर्फ १० प्रतिशत बढाउने प्रस्ताव राखेको थियो । तर विद्यार्थी संघसंगठनहरुले साढे ४ लाख भन्दाबढी बढाउन नहुने अडान लिए ।

    डीन कार्यालयले भने ५ लाखभन्दा तल झरेर शुल्क तोक्न नसक्ने, तर त्रिवि पदाधिकारीले क्याम्पस प्रमुख, प्राध्यापक संघसंगठन र विद्यार्थी संगठनबीच सहमति जुटाए कार्यान्वयन भने गराउने बताइए ।

    शुल्क विवादका बीच पुल्चोक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा उप–प्रमुखहरुले राजीनामा दिएका थिए । शुल्क विवाद समाधान भएसँगै उनीहरु काममा फर्कने भएका छन् ।

     

     

     


    images
    images

    Logo