images
images

१ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 


  • 383
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    १ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सुचना जारी गर्दै क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गको बाणिज्य बैंकहरुमा ८० करोड रुपैयाँ, ख वर्गको राष्ट्रिय स्तरका विकास बैंकहरुमा १५ करोड रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई असोज २३ गते जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिनको हुनेछ । 

    आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ । 


    images
    images

    Logo