काठमाडौं । केहिदिनअघि अभिनेता अनमोल केसीलाई हिरासतमा पुर्याएर चर्चामा आएका निर्देशक सुदर्शन थापाविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
प्रसाद–२ चलचित्रका निर्माता सुदर्शन बस्नेतले उनीसहित ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल र सम्पादक मिलन श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । उनलाई काठमाडौं अदालतले प्रहरीलाई थप ४ दिन थुनामा राख्रे अनुमति दिएको छ ।
त्यस्तै थापा र श्रेष्ठविरुद्ध प्रहरीले पक्राउ पूर्जी पनि जारी गरिसकेको छ । प्रहरीले उनीहरूलाई खोजिरहेको बताएको छ ।
प्रसाद–२ का निर्माताले आफ्नो स्वामित्वमा रहको चलचित्र अनुमतीबिनै अग्रवाल, थापा र श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी आफुलाई आर्थिक हानी गरेको दावी गरेका छन् ।



