images
images

इजरायलको हमलामा ७ नेपालीको मृत्यु, १२ जना अझै सम्पर्कबिहीन


  • 317
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    इजरायलको हमलामा ७ नेपालीको मृत्यु, १२ जना अझै सम्पर्कबिहीन

    काठमाडौं । इजरायलको हमलामा परेर ७ जना नेपालीको मृत्यु भएको छ । शनिबार इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु र १२ जना सम्पर्कबिहीन भएका हुन् । 
     
    गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जानकार दिएको बताएका छन् । ७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अरु थप विवरण आएको छैन ।  
     
    उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् । 
     
    यता, नेपाली दूतावास इजरायलले घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको बताइन् । 


    images
    images

    Logo