images
images

ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ


  • 631
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ

    काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । आइतबार उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको हो ।

    चलचित्र ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमतिबिना अग्रवालले फिल्म बाहिर प्रदर्शन गराएको भन्दै उजुरी दिएका थिए । उजुरीपछि उनी पक्राउ परेका हुन् ।

    उनीमाथि थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी गराएको छ ।


    images
    images

    Logo