भक्तपुर । भुक्तपुर जिल्लाको चागुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सञ्चालन भएको ‘विराट पितृ मुक्ति महायज्ञ’ मा नेतादेखि कलाकारसम्मको बाक्लो उपस्थिती रहेको छ । छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको उक्त महायज्ञमा नेतादेखि कलाकारसम्मको बाक्लो उपस्थिती भएका हुन् ।
जसमा ६५ बर्ष माथिका करिब ५ सय बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । विश्व बिख्यात कथा बाचक बाल याेगेश्वर श्री विजयमूर्ति महाराज श्रीको संकल्पमा सञ्चालन भएको महायज्ञमा यस अघि जेष्ठ नागरिक दिवशको अबसरमा पनि करिब १ सय बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

त्यस्तै, छोरीको घर आश्रम निर्माण गर्नको लागि लाख मात्र नभएर करोड–करोड बजेट विनियोजन गर्न तयार रहेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले बताएका छन । सनिवार भक्तपुर जिल्लाको ताथलीमा सञ्चालन भएको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागि भएका नगरप्रमुख खत्रीले उक्त कुरा बताएका हुन ।
ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जमिन खरिद गरि भवन निर्माणमा सहयोगार्थ सञ्चालन भएको उक्त महायज्ञमा सहभागि भएका मेयर खत्रीले भने –“अहिले २० लाख ३० लाख दिन्छु भनेर उक्त रकमले आश्रम नबन्न पनि सक्छ । महायज्ञबाट सङकलन भएको रकम मध्यबाट जति रकम अपुग हुन आउछ नगरपालिकाले दिन तयार छ । ” मेयर खत्रीले भने –“त्यो चाहे ५० लाख होस चाहे १ वा २ करोड नै किन नहोसरु”
आफ्नै कार्यकालमा आश्रम निर्माण गरि सक्ने पनि मेयर खत्रीले बताए । त्यस्तै आश्रमको डिपिआर पनि नगरपालिकाले निःशुल्क गरिदिने बताएका छन ।
त्यस्तै सम्बोधनकै क्रममा मेयर खत्रीले भनेका छन–“मैले जनताको सुख दुखमा साथ दिने कसम खाएको छु । मैले खाएको कसम पुरा गर्ने कार्यमा साथ दिनको लागि विजयमूर्ति महाराज आएर जोडिनुभएको छ । ढुक्क हुनुहोस आर्थिक अभावको कारणले आश्रम रोकिदैन । अबस्य बन्छ । विचमै छोडेर जान पर्दैन ।”

त्यस्तै, महायज्ञमा आगामी आश्विन २६ गतेदेखि देशभर एकैसाथ प्रदर्शनको तयारीमा रहेको प्रदेशि २ का कलाकारका टोलि प्रचारप्रसार गर्ने क्रममा शनिबार भुक्तपुरको महायज्ञमा पुगेका थिए ।
यसका साथै चलचित्रका निर्माता तथा लोक गायक नारायण रायमाझि, गायक तथा नायक प्रकाश सपुत, नायिका केकि अधिकारी र बर्षा सिवाकोटीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि भएका गायक रायमाझि र सपुतले आफना बिभिन्न बिभिन्न गीतसंगितबाट भक्तजनहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै नायिक अधिकारीले चलचित्रले हामी सबैको कथा बोल्ने पनि बताएकी छन ।




