images
images

नेपाल बैंकको सीईओका लागि दरखास्त आव्हान


  • 320
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    नेपाल बैंकको सीईओका लागि दरखास्त आव्हान

    काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सुचना जारी गर्दै बैंकका तत्कालीन सीईओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त रहेको सिइओ पदमा पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो ।

    बैंकको सीईओमा आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कान’न विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ । 

    चार्टर्ड एकाउन्टेन्’सी, वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

    ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीमा दरखास्त दिन सक्नेछन् ।

     


    images
    images

    Logo