काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारीइ गर्ने भएको हो ।
बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि ६ अर्ब ४६ करोड रपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
त्यस्तै, ३६४ दिनको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल ९१ दिनको पुस २४ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको चैत २७ गते परिपक्क हुनेछ भने ३६४ दिनको अगामी असोज २२ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



