images
images

नारायण गोपाल स्मृति साँझको आयोजना गरी मानव कल्याण समाजलाई ५० हजार सहयोग 


  • 364
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    नारायण गोपाल स्मृति साँझको आयोजना गरी मानव कल्याण समाजलाई ५० हजार सहयोग 

    भक्तपुर । मानव कल्याण समाजको सहयोगार्थ नारायण गोपाल स्मृति साँझको आयोजना गरिएको छ । भक्तपुर जिल्लाको गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीले जर्मन होम्सको दोस्रो वार्षिकोत्सवको अवसरमा नारायणगोपाल स्मृति साँझ च्यारिटी शो आयोजना गरी मानव कल्याण समाजलाई सहयोग गरेको हो । जर्मन होम्स हस्पिटालिटीका सञ्चालक रामशरण तिमल्सिनाका अनुसार, कार्यक्रमका अवसरमा मानव कल्याण समाज झौखेललाई ५० हजार रुपैयाँ सहयोग गरिएको हो । 

    बेसहारा, असाहाय सडक मानवको संरक्षण गर्दै आएको  मानव कल्याण समाजलाई च्यारिटी शोमार्फत नगद ५० हजार सहयोग गरेको तिमल्सिनाको भनाई छ । सोही अवसरमा जनप्रेमी वल्र्ड स्कुल कौशलटारका प्रिन्सिपल एवम् प्याव्सन मध्यपुर थिमिका अध्यक्ष निलेश आचार्यले १० हजार, वेदिक स्कुल बालकोटले दुई सय ५० थान टिसर्ट र नगद ५ हजार ५ सय सहयोग गरेका थिए । मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार, सोहि कार्यक्रममा बिभिन्न व्यक्तिहरुले करिव १७ हजार रुपैयाँ थप सहयोग गरेका थिए ।  

    कार्यक्रममा विष्णु नेपाली, सुरज थापा, रागमणी व्याण्ड लगायत विभिन्न गायक गायिकाहरुले स्वर सम्राट नारायण गोपाल गुर्वाचार्यका कालजयी गितहरु ‘केही मिठो वात गर’, ‘यति चोखो यति मिठो’, ‘अल्झेछ क्यार पछ्यौरी तिम्रो चियाको बोटमा’, लगायत करिव एक दर्जन कालजयी गीत गाएका थिए । कार्यक्रममा करिव ३ सय जनाको सहभागिता रहेको जर्मन होम्सका म्यानेजर महेश धितालले बताए ।  

    व्यवसाय नाफामूलक भएपनि व्यवसायलाई मानव सेवामा पनि समर्पित गर्ने उद्देश्यले दोस्रो वार्षिकोत्सवको अवसरमा खुला आकाशमूनी सडक जीवन विताउन विवश घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त, असहाय मानवहरुको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन तथा पारिवारिक पुनर्मिलन हुन नसकेका मानवहरुको मानवोचित व्यवस्थापन गर्दै आएको मानव कल्याण समाजलाई सहयोगार्थ च्यारिटी कार्यक्रम आयोजना गरिएको जर्मन ओम्सका सञ्चालक रामशरण तिमल्सिनाले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा यस्तै कार्यक्रम आयोजना गर्दै सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता तिमल्सिनाले व्यक्त गरे ।

    विभिन्न सहयोगी मन, दाताहरुको सहयोग, जन्म दिन, बिवाह उत्सव, पुण्य तिथिमा आफन्तले सम्झना स्वरुप आश्रमआएर दिएको दानबाट सञ्चालन गरी विभिन्न कारणले सडकमा आइपुगेका मानवहरुको उद्धार गरी उनीहरुको लालनपालनमा खर्च गर्दै आइरहेको कार्यक्रममा आश्रमकी अध्यक्ष सुमित्रा चौलागाईंको भनाई छ । चौलागाईका अनुसार, भक्तपुरको झौखेलमा केन्द्रीय कार्यालय रहेको समाजले सुर्यविनायकको मा  बालआश्रम, काभ्रेको धुलिखेल, काठमाडौंको पशुपति, दाङ, बारामा शाखा सञ्चालन गरेर करिव तीन सय ५० जनाको उचित संरक्षण गर्दै आएको छ । आठ वर्षको अवधिमा करिव छ सय जनालाई परिवारसंग पुनःमिलन गराएको समाजले जनाएको छ ।

    manav sewa 1.jpg

    manav sewa 2.jpg

    manav sewa 3.jpg


    images
    images

    Logo