images
images

चाँगुनारायण नगरपालिकाले निःशुल्क पशु बीमा गरिदिने


  • 289
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    चाँगुनारायण नगरपालिकाले निःशुल्क पशु बीमा गरिदिने

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले निःशुल्क पशु बीमा गरिदिने भएको छ । नगरप्रमुख जीवन खत्रीले विभिन्न रोगबाट किसानले पालेका पशुधन क्षति हुने क्रम बढेसंगै पशुबिमा गरेको रकम फिर्ता दिने नीति बनाएको बताए । 

    शनिबार खरिपाटीस्थित श्रीकृष्ण माविमा आयोजित श्री युवा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख खत्रीले सो कुरा बताएका हुन् । खत्रीले भने, ‘तपाईँहरु आफुले पालेका गाई, भैसी, भेडा, बाख्राको बीमा गरेर आउनुस्, हामी पैसा तिरिदिन्छौं । आफुलाई मन लागेको कम्पनिसंग किसानले बीमा गरेर त्यसको भुक्तानी लिन आवश्यक कागजातसहित नगरपालिका  आउनुस्’।

    लम्पी स्क्रिन रोगबाट मुलुकभरमै सबैभन्दा बढी चाँगुनारायण नगरपालिकामा पशु चौपायाको क्षति भएको बताउँदै नगर प्रमुख खत्रीले  रोग लागेर मर्नु  अघिनै तीन सय वटाको बीमा नगरपालिकाले गरिसकेकाले त्यसको रकम सम्बन्धीत बीमा कम्पनिबाट प्राप्त हुने नगरप्रमुख खत्रीको भनाई थियोे । 

    चाँगुनारायण नगरपालिका भित्र मात्रै करिब ९ सय पशु लम्पी स्क्रिन रोगबाट मरेको उल्लेख गर्दै खत्रीले बाँकी पशुधन क्षति हुनेलाई नगरपालिकाले थोरै भएपनि राहत दिने वचन दिए । आफु निर्वाचित भएर आएपछि प्रक्रियामा रहेको नगरस्तरीय सहकारी संजाललाई सहकारी क्षेत्रका अनुभवी प्रह्लाद बास्तोलाको नेतृत्वमा सकृय गराएर अनुगमन गरिएको खत्रीको भनाई थियो । 

    राज्यको नियम अनुसार सहकारीको अनुगमन गर्ने जिम्मा स्थानीय सरकारको रहेकाले हालसम्म करिब ९ वटा सहकारीको अवस्थाका बारेमा अनुगमन गरिएको नगरप्रमुख खत्रीले जानकारी दिए । नगरभित्र करिब ७५ वटा सहकारी भएपनि २५ वटा बाहेक अन्य ५० सहकारीमा भने समस्या रहेको खत्रीको भनाई थियो । 

    ऋण र बचतमा भन्दापनि अव सहकारीहरु उत्पादनको क्षेत्रमा लागेर आफ्नो ठाउँलाई आत्मनिर्भर बनाउनका साथै रोजगारी सृजना गर्ने तर्फ लाग्नु पर्ने नगर प्रमुख खत्रीको सुझाव थियोे । ‘बचत कर्ताको बचत फिर्ता दिन नसक्ने, संचालक भाग्ने रोग भएका संस्थाको नगरपालिकाले अगुगमन गरेर उपचार गर्न लागिरहेको  नगरप्रमुख खत्रीको भनाइ थियो । 

    चाँगुनारायण नगरपालिका वडा नं. ६ फेदिमा मुख्य कार्यालय रहेको युवा बचत  नगरकै उत्कृष्ट सहकारी हो । संस्थामा २ हजार ९८३ महिला, २ हजार ७८७ पुरुष, १ हजार ६९१ बाल बचता कर्ता  र १५ वटा   संस्थागत सदस्य रहेको सहकारीका सचिब जयराम बास्तोलाले बताए । सचिब बास्तोलाका अनुसार आर्थिक वर्ष २०७९/८० सम्म यो सहकारीको शेयर पुँजी ७ करोड ५३ लाख ३३ हजार रूपैयाँ रहेको छ । 

    साधारण सभालाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले धेरै ब्याजको लोभमा फसेर जुनपायो त्यहि संस्थामा कारोबार गर्दा कतिपय स्थानीयवासी समेत फसेको बताए । 

    कार्यक्रममा चाँगुनारायण नगरपालिका ५ का वडाध्यक्ष जयन्त खड्का, वडा नं ६ का अध्यक्ष धनबहादुर लामा, लगायतका  जनप्रतिनिधी, सहकारी अभियन्ता, लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

    changunarayan.jpg

    changu.jpg


    images
    images

    Logo