काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।