images
images

त्रिभुवन विश्वविद्यालयको पुस्तकालय अब चौबीसै घण्टा खुल्ने


  • 367
    SHARES
  • २०८० आश्विन २० गते शनिबार

    त्रिभुवन विश्वविद्यालयको पुस्तकालय अब चौबीसै घण्टा खुल्ने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुस्तकालय अब चौबीसै घण्टा खुल्ने भएको छ । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालयबीच शुक्रबार भएको वार्तामा यस्तो सहमति भएको हो । 

    त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालय २४ सै घण्टा खुला राख्नुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आन्दोलनमा उत्रिएको थियो । गत असोज ९ गतेदेखि स्ववियु त्रिविले पुस्तकालयको गेटमा धर्ना दिँदै आएको थियो । 

    आन्दोलनकारी विद्यार्थीहरुले पुस्तकालयको व्यवस्थापकीय सुधार, स्वच्छ खानेपानीको व्यवस्थापन,  पुस्तकालयमा अध्ययन गरेबापत लिइँदै आएको शुल्क हटाउनुपर्ने लगायतका माग राखेका थिए । 

    उनीहरुले ‘वेन अ लाइब्रेरी इज ओपन, नो म्याटर इट्स् साइज ओर सेप, डेमोक्रेसी इज ओपन’,‘कटिङ्ग लाइब्रेरिज डुयरिङ अ रिडिङ्ग टाइम इज लाइक कटिङ्ग हस्पिटल डुयरिङ एन इपिडेमिक’,‘वाट युनिभर्सिटी मिंक्स अबाउट इट्स् लाइब्रेरी इज अ मेजर अफ वाट इज फिल्स अबाउट एजुकेशन’,‘२४ आवर्स लाइब्रेरी’, लेखिएका प्लेकार्ड देखाएर आन्दोलन गरिरहेका थिए ।


    images
    images

    Logo