विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन् । प्रदेश सभाको दिउँसो १ बजे बोलाइएको बैठकमा कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नेछन् । आजै उक्त प्रस्तावउपर मत विभाजन हुने कार्यक्रम रहेको छ ।
र्सोच्च अदालतले तात्कादिन मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गरेपछि संविधानको धारा १६८ को ३ अनुसार कार्की भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज अन्तिम दिन सो प्रस्तावउपर छलफल हुन लागेको हो ।
विश्वसको प्रस्ता राखे पछि कार्कीले प्रदेशसभाबाट उक्त मत प्रप्त गर्ने सम्भावना भने कम छ । कार्कीलाई प्रदेशसभाका प्रतिनिधित्व गर्ने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्रै समर्थन छ । ९३ सदस्य रहेको प्रदेशसभामा बहुमत पुग्न ४७ सदस्य आवश्यक रहेकोमा दुई दलसँग ४६ जनाको मात्रै मत छ । त्यसमध्ये पनि उपसभामुख सिर्जना दनुवार मत विभाजनमा सहभागी हुन नपाउने भएकोले उनको मत आउने सम्भावना छैन ।
एमाले पक्षले यसपटक मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना देखेको छैन । उपधारा ३ अनुसार विश्वास नपाउने भएसँगै दुवै पक्ष प्रस्ताव अस्वीकृत भएपछिको रणनीतिमा जुटेका छन् । प्रतिनिधिसभा अन्तर्गत संसदीय समितिमा राप्रपालाई भाग दिँदा सत्तारुढ दलले कोशीमा सरकार बनाउन सहयोग गर्ने बचन राप्रपाबाट पाएको बताइन्छ ।
तर, यसअघिका मुख्यमन्त्री उद्दव थापालाई अविश्वास गरेको राप्रपालाई उपधारा ५ अन्तर्गत विश्वासको मत दिन नैतिक संकट छ । तर, काँग्रेसले भने धारा ५ अन्तर्गत फेरि उद्दव थापालाई मुख्यमन्त्री प्रस्ताव गर्ने तयारी गरेको बताइन्छ ।
तर थापालाई अघि सार्दा विश्वास नपाउने भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीले भने माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अघि सार्नुपर्ने प्रस्ताव गरेका छन्
यदि उपधारार ५ अनुसार गठित सरकारले विश्वासको मत प्राप्त गर्न सकेन भने प्रदेश मध्यावधि निर्वाचनमा धकेलिन्छ । यो सम्भावना प्रबल बन्दै गएको देखिन्छ । अहिले कोशी प्रदेशमा सबैभन्दा ठूलो दल एमाले छ । कोशी प्रदेश नामाकरणको सम्बन्धमा एमालेको अडानका कारण किराँत समुदायका मानिसहरु एमालेप्रति चिढिएको आँकलन गर्दै अन्य दलहरु धेरै सिट जित्ने अपेक्षामा छन् । एमाले भने ५० सीटसहितको सरकार बनाउने बताउँदै आएको छ ।



