images
images

विदेशबाट आउँदा अब यी ६ थरि सामान ल्याउन प्रतिबन्ध 


  • 2.4K
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    विदेशबाट आउँदा अब यी ६ थरि सामान ल्याउन प्रतिबन्ध 

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा यी ५ थरिको सामान ल्याउन प्रतिवन्ध लगाएको छ । 

    कार्यालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपालीले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत आफ्नो परिवारलाई पठाउँदा इमेर्जेन्सी लाइट, पावर बैंक, आइन, हेयर ड्राइर, मिक्स्चर, ग्रिन्डर र पानी तान्ने मेशिन नल्याउन आग्रह गरेको हो ।

    यसअघि यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकहरूले आफूसँगै यस्ता सामान तथा कार्गोमार्फत् परिवारलाई पठाउने गरेको भन्दै अब यस्ता सामानहरू नल्याउन/नपठाउन अनुरोध गरेको हो।

    यस्ता सामानहरू 'एक्सरे मेसिन'मा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था देखिएको भन्दै कार्यालयले सूचनामार्फत यस्तो अनुरोध गरेको हो।

     


    images
    images

    Logo