images
images

रामेछापको खाँडादेवी मन्दिरको दानपेटिका चोरी गर्ने पक्राउ


  • 356
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    रामेछापको खाँडादेवी मन्दिरको दानपेटिका चोरी गर्ने पक्राउ

    रामेछाप । ऐतिहासिक तथा धार्मिक शक्ति पिठ रामेछापको खाँडादेवी मन्दिरको दानपेटिका चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मन्दिरको ढोका फुटाई भित्र रहेका दुईवटा दानपेटिका फुटाई दानपेटिकामा रहेको रकम चोरी गरी भागेका खानीखोला गाउँपालिका–७ का २९ वर्षीय रविन खुलाललाई प्रहरीले पक्राउ गरेको हो । 

    बिहीबार बिहान २ः३० बजेतिर खाँडादेवी मन्दिरको ढोका फुटाई मन्दिरभित्र रहेका दुईवटा दानपेटिका फुटाई दानपेटिकामा रहेको रकम चोरी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मन्दिरबाट पैसा चोरेर भागेको सूचना पाउनासाथ तत्काल प्रहरी टोली खटाई खोज अनुसन्धान गर्दा खुलाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    खुलाललाई खोज तलास गर्दै जाने क्रममा खाँडादेवी गाउँपालिका–३, सित्खा बजार नजिक रहेको सुनकोसी नदिको झोलुंगे पुलबाट बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    खुलाललाई चोरी भएको रकमसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरी गरेको रकम ५९ हजार ६ सय २० रूपैयाँ फेला परेको खाँडादेवी गाउँपालिका–३ का वडाध्यक्षले जानकारी दिए।


    images
    images

    Logo