images
images

निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री डा महत


  • 277
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री डा महत

    चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताउनुभएको छ । उहाँले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, “असार मसान्तसम्ममा ६० देखि ७० अर्ब रुपैयाँ तिरिसकेका छौँ । अब ६ देखि ७ अर्ब रुपैयाँ जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।” 

    अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो । 

    पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ । “सहजरुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो”, उनले थपे, “अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन । जसका कारण केही व्यवसायीलाई समस्या परेको छ ।” 

    सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उहाँको भनाइ छ । 


    images
    images

    Logo