images
images

भद्रकालीमा नेपाली सेनाको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


  • 869
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    भद्रकालीमा नेपाली सेनाको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जना महिलाकोे मृत्यु भएको छ । बिहीबार साँझ साढे ७ बजे काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको ज्यान गएको हो । 

    साँझ साढे ७ बजे भद्रकाली नजिक सभागृह मोडमा आर्मीका चालक हुद्धा महोमद नुरेन देवानले चलाएको प्र ३–०१–००१ ग ३६०५ नम्बरको ७.५ ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट काठमाडौं चाहाचल बस्ने ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको हो । 

    बाप्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सके मृत घोषणा गरेका थिए ।


    images
    images

    Logo