images
images

बीचबाटोबाटै जहाज फर्काएपछि नेपाल एयरलाइन्सका दुई म्यानेजरलाई कारवाही


  • 399
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    बीचबाटोबाटै जहाज फर्काएपछि नेपाल एयरलाइन्सका दुई म्यानेजरलाई कारवाही

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरेको छ  ।

    नेपाल एयरलाइन्सको नाइनएन–एकेएक्स विमानको मर्मत जाँचमा लापरवाही गर्ने  ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाइएको छ ।

    विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको विमान टिकास उपकरण’ मा समस्या देखिएपछि विहीबार काठमाडौँ फर्काइएको थियो ।

    ‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फिर्काइएको थियो । जिम्मेवारीमा लापरवाही गर्दै अन्य निजी कम्पनीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा पुर्याउन सहयोग गर्ने कर्मचारीलाई कडाइका साथ कारवाही सुरु गरेको प्राधिकरणले जनाएको छ ।

    यता मन्त्रालयले भने एयरलाइन्सले नोक्सान व्यहोर्नु पर्ने मुख्य कारणहरुको उदाहारण भएको भन्दै दोषीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । 


    images
    images

    Logo