images
images

घरजग्गा व्यवसायमा बहार ल्याउने गरी राष्ट्र बैंकको निर्देशन


  • 10.2K
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    घरजग्गा व्यवसायमा बहार ल्याउने गरी राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा देखिएको मन्दीलाई सम्बोधन गर्नेगरी नयाँ निर्देशन जारी गरेको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ५० लाख रूपैयाँसम्मको कर्जामा लोन टू भ्यालु रेसियो ५० प्रतिशत पुर्याएको हो । 

    यसअघि यस्तो अनुपात काठमाडौं उपत्यकाभित्र ३० प्रतिशत र बाहिर ४० प्रतिशत थियो । जग्गा धितोमा कम मात्रै ऋण पाउने भएपछि यसअघि बैंकबाट ऋण लिएर घरजग्गामा लगानी गर्ने प्रवृत्ति ह्वात्तै घटेको थियो । 

    यो निर्देशनसँग मन्दीतर्फ उन्मुख भएको यो व्यवसायमा सुधार हुने अपेक्षा गरिएको छ । घरजग्गा क्षेत्रमा राष्ट्र बैंक धेरै नै लचक भएको देखिन्छ । अहिले व्यक्तिगत घरकर्जातर्फ अधिकांश ऋण ५० लाखको सीमामै हुने गर्छ । यो ऋणको प्रावधानमा अपनाइएको लचकताले घरजग्गा व्यवसायमा बहार आउने सरोकारवालाहरु बताउँछन् । 


    images
    images

    Logo