काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा आर्जन गरे २९ अर्ब भन्दाबढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३४ लाख ५१ हजार ८ सय २२ वटा बीमा पोलिसी विक्री गरी २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शु्ल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ५३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी हिमालयन लाइफले २ अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सूर्यज्योति लाइफले १ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने एशियन लाइफले १ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सिटिजन लाइफले पनि १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने मेट लाइफ इन्स्योरेन्सले ९२ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ८२ करोड ४९ लाख, आइएमई लाइफले ७६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने रिलायबल नेपाल लाइफले ६७ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ६३ करोड ७४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।



