images
images

रिगलको आममाफी विरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग


  • 630
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    रिगलको आममाफी विरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

    काठमाडौं । गुन्डा नाइके रिगल नामले परिचित योगराज ढकालको आममाफीमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन् ।

    भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

    सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

    आफ्ना श्रीमान्‌का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन् । रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध चौतफी आलोचना भइरहेको छ । सत्तापक्षकै नेताहरुले सरकारको निर्णयप्रति आपत्ति जनाउँनै निर्णय सच्याउन भनेका छन् ।


    images
    images

    Logo