काठमाडौं । नर्सको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) आगामी मंसिर ९ मा हुने भएको छ । बिहीबार सूचना प्रकाशित गर्दै नेपाल मेडिकल काउन्सिलले परीक्षा मिति तोकिएको बारे जानकारी दिएको हो ।
उक्त परीक्षाका लागि असोज २१ देखि अनलाइन फारम खोलिने काउन्सिलले जनाएको छ । २१ असोजदेखि २० कात्तिकसम्म नियमित र २१ कात्तिकदेखि २३ कात्तिकसम्म विलम्ब शुल्क सहित फारम बुझाउन सकिने काउन्सिले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
परिषद्ले परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने र परीक्षा फारम भर्दा परीक्षार्थीको आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने जनाएको छ । परिषद्को सूचना अनुसार १५ असोज २०७७ देखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको इलिजिबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ ।
परीक्षा फारम दस्तुर नियमित तर्फ ३१०० रुपैयाँ रहेको छ ।




