images
images

२१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ५ पसललाई ४ लाख २० हजार जरिवाना 


  • 726
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    २१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ५ पसललाई ४ लाख २० हजार जरिवाना 

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले बुधबार २१ फर्ममाथि अनुगमन गरेको छ । बुधबार बजार अनुगमनको क्रममा विभागले भाँडाकुडा पसल, खाद्य वस्तु पसल, पानी पसल र अन्य पसललाई कारवाही गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो । जसमा ५ पसललाई ४ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    बुधबार २१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ५ व्यापारिक प्रतिष्ठानलाई जरिवानाको दायरामा ल्याइएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले काठमाडौंमा रहेको भाँडाकुडा पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ भने महाराजगंजमा रहेको खाद्य वस्तु पसललाई १० हजार रपैयाँ जरिवाना गरेको छ । त्यस्तै,  काठमाडौंमा रहेको २ वटा पानी पसलालाई १ /१ लाख रुपैयाँ जरिवाना गरेको छ भने न्यूरोडमा रहेको अन्य पसलालई २ लाख रुपैयाँ जरिवाना गरेको छ । 

    चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     

     


    images
    images

    Logo