images
images

कारको ठक्करबाट पैदल यात्रुको मृत्यु


  • 427
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

    भक्तपुर । भक्तपुरमा कारको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। बिहीबार बिहान मध्यपुर थिमि नगरपालिका–९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल ठक्कर खाँदा सो दुर्घटना भएको हो।

    प्रहरीका अनुसार, सल्लाघारीबाट पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२-०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च २०४९ नम्बरको कार ठक्कर खाएका हुन् ।

    सो क्रममा कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बरालको भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

    मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन्। कार्की र कार चालक मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको  छ। 


    images
    images

    Logo