images
images

त्रिभुवन विमानस्थलबाट सुन सहित दुई भारतीय नागरिक पक्राउ


  • 797
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    त्रिभुवन विमानस्थलबाट सुन सहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो धातु ३ सय २० ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।

    हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरीलाई उक्त विमानस्थलको आगमन लिफ्ट भर्‍याङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको उक्त धातुको बाला १ थानसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

    उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।


    images
    images

    Logo