images
images

लमहीका इञ्जिनियरविरुद्ध अख्तियारको मुद्दा, अवैध रुपमा ३ करोड कमाएको आरोप


  • 615
    SHARES
  • २०८० आश्विन १७ गते बुधबार

    लमहीका इञ्जिनियरविरुद्ध अख्तियारको मुद्दा, अवैध रुपमा ३ करोड कमाएको आरोप

    काठमाडौं । लमहीका इञ्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप लगाएको छ । आफूसँग भएको ३ करोड १५ लाख रुपैयाँ बराबर सम्पत्तिको स्रोत देखाउन नसकेको भन्दै अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमहीका इन्जिनियर रामबहादुर रानाभाट विरुद्ध मुद्दा लगाएको हो । 

    रानाभाटले अवैध रुपमा सम्पत्ति आर्जन गरि अमिल्दो र अस्वभाविक जीवनयापन गरेको आरोप लगाएको छ । साथै अवैध रुपमा कमाएको सम्पत्ति उनकी श्रीमती राधा रानाभाटको नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाएर अख्तियारले उच्च अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । 


    images
    images

    Logo