images
images

एनआईएमबिका शाखा प्रमुख त्रिशुलीमा हामफाले, हेड अफिसमा प्रष्टीकरण दिएर फर्किदै थिए हेटौंडा


  • 1.6K
    SHARES
  • २०८० आश्विन १७ गते बुधबार

    एनआईएमबिका शाखा प्रमुख त्रिशुलीमा हामफाले, हेड अफिसमा प्रष्टीकरण दिएर फर्किदै थिए हेटौंडा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबि) हेटौंडाका शाखा प्रमुख निराजन देवकोटा त्रिुशलीमा हाम फालेका छन् । काठमाडौंबाट हेटौंडा फर्किने क्रममा धादिङको घाटबेसीस्थित पुलबाट सोमबार साँझ करिब साढे ६ बजे त्रिशूलीमा हाम फालेको बताइएको छ । 

    स्थानीयवासीहरुले उनले हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  उनको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । प्रहरीले देवकोटाको खोजी गरिरहेको धादिङ जिल्ला प्रहरी कार्यालय प्रवक्ता गौतम मिश्रले बताए।

    प्रहरी अनुसन्धानका क्रममा देवकोटा हेटौंडा शाखाबाट प्रवाहित कर्जाको विषयमा बैंक व्यवस्थापनको टर्चरमा रहेको पाइएको छ । उनी यसपटक पनि केन्द्रीय कार्यालयमा प्रष्टीकरण दिएर फर्किएका थिए । घटनाबारे प्रहरीले उनका परिवारलाई खबर गरिसकेको छ । 

    प्रहरीका अनुसार धादिङ गजुरी गाँउपालिका–५ घाटबेसीदेखि राजमार्ग छाडेर त्रिशूली पारि जाने पुलको बीचमा आफ्नो मोटरसाइकल रोकेपछि चप्पल खोलेर हाम फालेको माछा मार्ने एकजना माझीले प्रत्यक्ष देखेका थिए । प्रहरीलाई खबर पुग्दासम्म अँध्यारो भइसकेकाले खोजी कार्य तत्काल गर्न नसकिएको हो ।

    देवकोटाको घर हेटौंडा उपमहानगरपालिका–२ चौकीटोल हो । उनी तात्कालिन मेगा बैंक हेटौंडा शाखाका ब्राञ्च म्यानेजर थिए । सो समयमा उनले दिएको लोन उठ्न नसकेको भन्दै बैंक व्यवस्थापनले टर्चर दिने गरेको थियो । तात्कालिन मेगा बैंकका कर्मचारीहरुमाथि बैंकले यस्तो टर्चर बढी गर्ने गरेको बताइन्छ ।

    मर्जरपछिको एनआईएमबि बैंकमा सञ्चालक समितिमा इन्भेष्टमेन्ट बैंक (एनआईबि) पक्षकै बहुमत छ । बैंकका प्रमुख कार्यकारी अधिकृत समेत तात्कालिन एनआईबीकै ज्योति पाण्डे छन् । सञ्चालक समितिदेखि व्यवस्थापनसम्ममा पकड भएपछि बैंकले मेगा बैंकका कर्मचारीमाथि पेल्ने रणनीति लिएको आरोप समेत लाग्ने गरेको छ । यही कारण कयौं कर्मचारीहरु बैंक छाडेर गइसकेका छन् ।


    images
    images

    Logo