images
images

गंगादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


  • 638
    SHARES
  • २०८० आश्विन १७ गते बुधबार

    गंगादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोलार पम्पिङ खानेपानी योजना निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियारले उनीहरुविरुद्ध मुद्दा लगाएको हो । 

    मुद्दा लाग्नेमा गंगादेवी गाउँपालिकाका योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, सव–इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाई टेक्निसियन बलबहादुर बस्नेत छन् । 

    त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नं.२ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका बि.क., वडा नं.२ का तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीलाइ समेत मुद्दा लगाइएकाे छ । 

    उनीहरूले आर्थिक वर्ष २०७६/०७७ मा गंगादेवी गाउँपालिका–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी योजना निर्माण गर्दा अनियमितता गरेको अभियोग अख्तियारले लगाएको छ ।  

    चार लाख ६६ हजार ४८८ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले सोही बराबरको बिगो दाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


    images
    images

    Logo