काठमाडौं । काठमाडौंको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ४ पुगेको छ । काठमाडौँ महानगरपालिका–२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँ क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौँ महानगरपालिका–२४ मखनबाट, भुमी मल्ललाई काठमाडौँ क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका–१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ ।



