काठमाडौं । एक साता भन्दा लामो समयदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज बढेको छ । असोज ७ गते, आइतबारपछि आज पहिलोपटक सुनको मूल्य बढेको हो ।
८ गते सोमबार सुनको मूल्य स्थिर रहेको थियो । जुन मंगलबार ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, बुधबार, बिहीबार र शुक्रबार सुनको मूल्य क्रमशः ८ सय रुपैयाँ, १४ सय रुपैयाँ र ८ सय रुपैयाँले घटेर क्रमशः १ लाख ११ हजार रुपैयाँ, १ लाख ९ हजार ६ सय रुपैयाँ र १ लाख ८ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यसै क्रमलाई निरन्तरता दिँदै सोमबार र मंगलबार पनि सुनको मूल्य क्रमशः एक सय र ८ सय रुपैयाँले घटेको थियो ।
बुधबार भने सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ४ सय प्रतितोला कायम भएके सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने मंगलबारको तुलनामा स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँ रहेको थियो ।



