images
images

पञ्चाङ्ग निर्णायक समितिले तय गर्यो दशैँको शुभ साइतको समय


  • 795
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    पञ्चाङ्ग निर्णायक समितिले तय गर्यो दशैँको शुभ साइतको समय

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको साइत सार्वजनिक गरेको छ। दसैंको पहिलो दिन घटस्थापनाको शुभसाइत बिहान ११ः२९ मा रहेको छ ।

    यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।

    त्यस्तै फूलपातीको साइत कात्तिक ४ गते बिहान ८ः२४ बजे रहेको छ भने टीकाको साइत कात्तिक ७ गते बिहान ११ः२ मा रहेको छ । त्यसअघि देवी विसर्जनको साइत १०ः३७ बजे रहेको समितिले जनाएको छ।

     


    images
    images

    Logo