images
images

विमानस्थलको डिपो सार्न आयल निगमले सुरु गर्यो अध्ययन


  • 1.6K
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    विमानस्थलको डिपो सार्न आयल निगमले सुरु गर्यो अध्ययन

    काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्ने बिषयमा अध्ययन सुरु गरेको छ । निगमले इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका इन्जिनियर सुरज साहको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको हो । 

    निगम सञ्चालक समितिले चालु आर्थिक वर्षको लागि स्वीकृत गरेको नीति तथा कार्यक्रमअन्तर्गत डिपो सार्ने योजनाका लागि यो समिति गठन गरिएको हो । समितिमा आपूर्ति तथा वितरण विभागका उपनिर्देशक इन्जिनियर मनोजकुमार ठाकुर, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका उपनिर्देशक इन्जिनियर भरत रेग्मी, हवाई इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदिपकुमार यादबलाई राखिएको छ । यस्तै सदस्य सचिवमा इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका प्रवन्धक इन्जिनियर रामप्रसाद बन्जारा छन् ।


    images
    images

    Logo