भक्तपुर । सुर्यविनायक नगरपालिकाले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणका लागि ५० लाख देखि एक करोड सम्म सहयोग गर्ने भएको छ । चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित छाेरीकाे घर आश्रम निर्माणका लागि ५० लाख देखि एक करोड रूपैयाँ बरावरको रकम सहयोग गर्ने सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बाशुदेव थापाले घोषणा गरेका हुन् ।
छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जग्गा खरिद गरि भवन निर्माणकाे सहयोगार्थ ताथलीमा सञ्चालित भक्तपुर,चाँगुनारायण,ताथली साँस्कृतिक महोत्सव एवं ऐतिहांसिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा सहभागी भएका नगरप्रमुख थापाले साे घोषणा गरेका हुन् ।
कार्यक्रममानगरप्रमुख थापा सहित उपप्रमुख सरिता तिमिल्सिनाको सहभागिता रहेको थियाे । कार्यक्रममा नगरप्रमुख थापाले एक लाख एक हजार १११ र उपप्रमख तिमिल्सिनाले १५ हजार ५५५ रुपैयाँ सहयोग गरेका थिए ।
समाराेहमा सुर्यबिनायक नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू क्रमश सानुकाजी कायस्त, प्रदिप कार्की, दिपेन्द्र केसी, लक्षुराम केसी, राजकुमार न्यौपाने, ईश्वर खड्का, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री र शिवराम राउतको सहभागीता रहेको थियो ।



