images
images

विराट पितृ मुक्ति महायज्ञमा नेतादेखि सर्वसाधारणसम्मको बाक्लो उपस्थिति


  • 485
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    विराट पितृ मुक्ति महायज्ञमा नेतादेखि सर्वसाधारणसम्मको बाक्लो उपस्थिति

    भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भएको ‘विराट पितृ मुक्ति महाययज्ञ’ मा मानिसहरुको बाक्लो उपस्थिति छ । छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको उक्त महायज्ञमा सुरुको दिनदेखि नै यहाँ सर्वसाधरणहरुको बाक्लो उपस्थिती रहेको आयोजकले जानकारी दिएका हुन् । 

    उक्त महायज्ञको आज छैठौ दिन हो । १७ दिनसम्म सञ्चालन हुने उक्त महायज्ञ आगामि असोज २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । 

    उक्त महायज्ञमा जेष्ठ नागरिक दिवश मनाइएको छ । दिवशको अवसरमा महायज्ञमा सहभागी ७० बर्ष माथीका ४० बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । 

    महायज्ञमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्नका लागी वालयोगेश्वर विजयमूर्ति महाराजले ५० लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेका छन् । उनले गत विहिबार उक्त आश्रमलाई जग्गा खरिद गरि भवन निर्माणको लागी सहयोगार्थ आयोजित महायज्ञको उद्घाटन शत्रलाई सम्बोधन उक्त कुराको घोषणा गरेका हुन् । 


    images
    images

    Logo