images
images

३५ फर्ममाथि वाणिज्य विभागको अनुगमन, एउटैलाई ३ लाख रुपैयाँ जरिवाना


  • 716
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    ३५ फर्ममाथि वाणिज्य विभागको अनुगमन, एउटैलाई ३ लाख रुपैयाँ जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले सोमबार ३५ फर्ममाथि अनुगमन गरेको छ । सोमबार बजार अनुगमनको क्रममा विभागले किराना पसल, खाद्य वस्तु पसल, रेडिमेड तथा थान कपडा पसल, जुत्ता चप्पल र अन्य पसललाई कारबाही गरेको हो ।

    जसमा उनीहरुले खरिद बिजविजक नराख्ने र गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गर्नेलाई विभागले कारबाही गरेको हो । जसमा १० वटा पसलेलाई नगद जरिवाना गरिएको छ ।

    विभागले कालिमाटी रहेको खाद्य वस्तु पसललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले टंगालमा रहेको रेडिमेड तथा थान कपडा पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । कालिमाटीमा रहेको खाद्य वस्तु पसललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ भने मित्रनगरमा रहेको किराना पसल र काठमाडौं खाद्य वस्तु पसललाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    अन्य बाँकी रहेका पसललाई ५ पसललाई ५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ । मुख्य चाडपर्व सुरु भएसँगै विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । 


    images
    images

    Logo