काठमाडौं । नेपाल राष्ट्र बैंकले नजिकिँदै गरेको चाडपर्वमा विद्युतीय भुक्तानीको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै चाडबाडमा विद्युतीय भुक्तानीको प्रयोग गरी सुरक्षित कारोबार गर्न आग्रह गरेको हो ।
मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने, लाइन बस्न झन्झट नहुने जस्ता सुविधाको उपयोग गर्न सुझाएको छ ।
साथै, डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा भुक्तानीमा सचेत रहन केन्द्रीय बैंकले आग्रह गरेको छ । बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्न बैंकले भनेको छ ।