images
images

दोलखा ११ किलो सुन प्रकारण : एक चिनियाँ नागरिकसहित तीनजना पक्राउ


  • 754
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    दोलखा ११ किलो सुन प्रकारण : एक चिनियाँ नागरिकसहित तीनजना पक्राउ

    काठमाडौं । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा तीनजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट एक चिनियाँ नागरिक र दुई नेपालीलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सनत प्रधान र लालबहादुर तामाङ र एक चिनियाँ नागरिक रहेको सीआईबीले जनाएको छ । प्रधान र तामाङ सुन बिक्री गर्ने ग्राहक खोज्न संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । त्यस्तै, पक्राउ परेका चिनियाँ नागरिकले काठमाडौंमा सुनको व्यवस्थान गर्ने गरेको सीआईबीको दाबी छ ।

    गत बुधबारयता तीन दिनमा दोलखाबाट ११ किलो सुन बरामद भएको थियो । यसअघि यस प्रकरणमा सात जना पक्राउ परेका थिए ।


    images
    images

    Logo